२४ जेठ २०८३, आइतबार

आन्दोलनबाट फर्किरहेका किसान चढेको ट्रक दुर्घटना, दुईको मृत्यु

मंसिर ३०, २०७७
आन्दोलनबाट फर्किरहेका किसान चढेको ट्रक दुर्घटना, दुईको मृत्यु

दिल्लीमा चलिरहेको आन्दोलनबाट घर फर्किरहेका किसान चढेको ट्रक दुर्घटनामा परेको छ ।

हरियाणामा ट्रक दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ भने, ८ जना गम्भीर रुपमा घाइते भएका छन् । 

मृत्यु हुनेमा एक जना २२ वर्षीय युवक हुन् भने, अर्का ७० वर्षीय बृद्ध किसान हुन् ।

घाइते किसानलाई पटियालाको अमर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

केही किसानलाई पटियालाको सरकारी​ रजिन्दरा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्