
काँग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । उनले बुधबारका लागि सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशको काँग्रेसले विरोध गरिसकेको छ भने सो बैठकबाट थप धारणा सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ ।