
घरबारविहीनका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण शुरु भएको छ । घरबारविहीन भई सडकपेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन निर्माण शुरु गरिएको हो ।
मानवसेवा आश्रम शिलान्यास गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेसहारालाई सहारा दिने कार्यमा सरकारको सदैव सहयोग रहने बताए ।