०३ साउन २०८३, आइतबार

शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन

मंसिर ३०, २०७७
शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन

प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक भएका पोखरेलले राष्ट्रिय सभागृहमा आज आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए ।

उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताए ।

व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्