१३ असार २०८३, शनिबार

साढे दुई किलो अफिमसहित एकजना पक्राउ

साढे दुई किलो अफिमसहित एकजना पक्राउ

लागुऔषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको भेरी गाउँपालिका–३ गरेला घर भएका ५३ वर्षीय गोरख कुसारीलाई लागुऔषधसहित पक्राउ गरेको छ । 

बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट साढे दुई केजीभन्दा बढी लागुऔषध बरामद गरेको छ । 

प्रहरीले उनको साथबाट दुई किलो ७ सय ग्राम अफिम बरामत गरेको र आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्