०९ असार २०८३, मंगलबार

बम विस्फोट गराएको आशंकामा ३ जना पक्राउ

पुस १, २०७७
बम विस्फोट गराएको आशंकामा ३ जना पक्राउ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् । सोमवार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित २ बम विस्फोट गराएको आशंकामा ३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

सोमवार राति ६ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ । बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जंगल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्