२८ जेठ २०८३, बिहीबार

निता ढुंगानाको भोजपुरी सिनेमामा इन्ट्री

निता ढुंगानाको भोजपुरी सिनेमामा इन्ट्री

भोजपुरी चलचित्र ‘माही’ मा नेपालकी अभिनेत्री नीता ढुंगानाको इन्ट्री भएको छ । 

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको उक्त  चलचित्रका लागि नीतालाई राम्रै पारिश्रमिक दिएर अनुबन्धन गरिएको बुझिएको छ ।

यसअघि यो चलचित्रमा काजल राघवानीसँग सम्झौता भएको थियो । तर, उनी चलचित्रबाट एकाएक बाहिरिएकी छिन् । त्यसपछि निर्माण टिमले नीतालाई भित्र्याएकाे छ ।

चलचित्रलाई कात्यायन फिल्मस्ले निर्माण गर्दैछ । चलचित्रलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा आद्या गुप्ता र ज्योति दिनेश पाण्डे लगायको पनि लगानी रहनेछ ।

यो चलचित्रमा नीतासँगै आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको पनि अभिनय देख्न सकिने निर्देशक चन्द्र पन्तले जानकारी दिए ।

यो चलचित्र स्कटल्याण्ड र टर्कीमा गरिने निर्माणपक्षको भनाई छ । यो चलचित्रलाई नेपालका सर्वाधिक स्थापित क्यामेराम्यान पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

यो चलचित्र एक्सन प्रधान हुनेछ ।  चलचित्र फागुनको पहिलो हप्ता छायांकन प्रारम्भ हुने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्