०६ असार २०८३, शनिबार

सुनको मूल्य बढ्यो

पुस १, २०७७
सुनको मूल्य बढ्यो

स्थानीय बजारमा बुधवार सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ ।

पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा बुधवार भने वृद्धि देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलवारको तुलनामा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको महासंघले जनाएको छ ।

तेजाबी सुन बुधवार प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । मंगलवार भने ९१ हजार  ८५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । मंगलवार १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्