१५ असार २०८३, सोमबार

खानेपानी मन्त्री बिना मगरको नाममा नक्कली ट्वीटर एकाउन्ट

खानेपानी मन्त्री बिना मगरको नाममा नक्कली ट्वीटर एकाउन्ट

 
खानेपानी मन्त्री बिना मगरको नामबाट नक्कली ट्वीटर एकाउन्ट बनाई अनावश्यक विषयहरु ट्वीटरमार्फत पोष्ट गरिएको सम्बन्धमा मन्त्रीको सचिवालयले भ्रमित नहुन सबैमा अपिल जारी गरेको छ ।

ट्वीट गरिएका कतिपय विषयले आम मानिसमा भ्रम सिर्जना गरेकाले यस्तो नक्कली एकाउन्ट बन्द गरिदिन नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुरोध गरिएको मन्त्रीको निजी सचिव गुणराज श्रेष्ठद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।

‘मन्त्रीज्यूको नाममा खोलिएको नक्कली ट्वीटर एकाउन्ट @Magarbina1BB3 बाट अनावश्यक विषयहरु ट्वीट गरी सञ्चार जगत र आम नागरिकहरुमा भ्रम सिर्जना गरिएकाले उक्त एकाण्ट बन्द गर्न प्रहरीमा अनुरोध गरिसकिएको छ,’ निजी सचिव श्रेष्ठले भजे ।

‘उक्त नक्कली ट्वीटरमा पोष्ट गरिएका सामग्रीबाट भ्रमित नहुन सञ्चारकर्मी एवं सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछौं’, श्रेष्ठद्वारा जारी गरिएको अपीलमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्