२३ असार २०८३, मंगलबार

सभापति देउवालाई गगन थापाको प्रस्ताव : ‘प्रधानमन्त्री ओलीलाई बाध्य पारौं’

सभापति देउवालाई गगन थापाको प्रस्ताव : ‘प्रधानमन्त्री ओलीलाई बाध्य पारौं’

नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पार्न सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

बुधवार बोलाइएको कांग्रेस पदाधिकारी बैठकअघि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘ संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं । उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं । उपसभामुख विनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौं । संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं ।’

salt training

कमेन्ट गर्नुहोस्