
सन् २००८ मा सूरज बडजात्याको फिल्म ‘विवाह’ नहेर्ने सायदै कोही होलान् । जसमा दुलहीको भूमिकामा देखिएकी अमृता राव आफ्ना काकाकी छोरीलाई बचाउन बिहेकै दिन आगोबाट जल्छिन् ।
र दुलाह शाहिद कपुर उनीसँग विवाह गर्छन् । यो रियल लाइफ पिक्चर भएकाले निकै हिट पनि बनेको थियो । तर, यूपीको प्रयागराजमा पनि यस्तै घटना भएको छ ।
जहाँ हातमा मेहेन्दी लगाएकी दुलही अस्पतालको शय्यामा पल्टिरहेकी थिइन् । उनको छेउमा बसेका युवक उनका पति हुन् । जो अस्पतालमा रेखदेख गरिरहेका छन् ।
प्रतापगढको कुँडा इलाकामा बस्दै आएकी आरतीको विवाह तयारी पूरा भएको थियो । ८ डिसेम्बरमा उनीहरुको बिवाह हुने पक्का भएको थियो ।
तर, सोही दिउँसो छतमा खेल्दै गरेकी आफ्नी तीन वर्षकी भतिजी बचाउन खोज्दा आरती आफैं तल खसिन् । घटनामा उनको ढाडको हड्डी भाँचियो ।
दुवै खुट्टा नचल्ने भए । घरका सदस्यले उनलाई प्रयागराज अस्पतालमा भर्ना गरे । दुलाह अवधेशको घरमा यसबारे सूचना दिइएको थियो ।
त्यसपछि अवधेशको घरबाट दुई जना मान्छे घटनाबारे जानकारी लिन गए । आरतीका घरका सदस्यले अवधेशलाई आरतीकी बहिनीसँग विवाह गर्नका लागि कर गरे ।
तर, उनले आरती नै आफ्नो जीवन संगीनी हुने निर्णय गरे । जे जस्तो अवस्था आए पनि साथ नछाड्ने भन्दै आरतीसँगै जीवन कटाउने अडान लिए ।
अवधेशले आफ्नी धर्मपत्नी आरतीको पूरै ख्याल राखेका छन् । नजिक उभिएका आफन्त र घरका सदस्य यी दुई जनाको हौसला र हिम्मत देखेर सलाम गर्दछन् ।
यता आरतीका घरका सदस्यले चिकित्सकसँग कुरा गरेर एम्बुलेन्समा नजिककैको कुँडा लिएर गए । जहाँ विस्तरामा सुतिरहेकी आरतीसँग अवधेशले सात फेरा लगाए ।
विवाहपछि आरतीलाई पुनः अस्पताल भर्ना गरियो । अवधेश र आरती आफूहरुलाई सबैभन्दा भाग्यमानी मान्दछन् ।
जहाँ समस्यामा पर्दा आफ्नै छाँयाले त सासथ छाड्छ । तर, उनीहरुले यस्तो अवस्थामा पनि एक अर्काको साथ दिइरहेका छन् ।