
भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध चलेको किसान आन्दोलनमा अहिलेसम्म १४ किसानको मृत्यु भएको छ ।
करिब तीन सातादेखि दिल्ली र हरियाणाको बोर्डर सिंघु घाँटीमा किसान आन्दोलनरत छन् ।
मोदी सरकारले अहिलेसम्म आन्दोलन शान्त पार्न कुनै ठोस कदम चालेको छैन ।
सिंघु बोर्डरमा आन्दोलनमा बसिरहेका किसान नेता जगजीत सिंहले कृषि प्रधान देशमा कृषकका पक्षमा कानुनका लागि यति धेरैले ज्यान गुमाउनु दुःखको कुरा हो ।
उनले भने, ‘दुःखका साथ भन्नुपर्छ, आजसम्म हामीले दिल्लीमा आएर लड्न शुरु गरेका छौं । यहाँसम्म आउँदा हाम्रा १३÷१४ किसान, दैनिक एक किसानले ज्यान गुमाउनुपरेको छ ।’
उनले २० डिसेम्बरका दिन पूरै देशमा आन्दोलनका क्रममा निधन भएका किसानको सम्मानका लागि श्रद्धाञ्जली दिइने बताए ।