२७ जेठ २०८३, बुधबार

गाउँगाउँमा किन खटाइयो सुराकी ?

गाउँगाउँमा किन खटाइयो सुराकी ?

समाजमा विद्यमान बालविवाह न्यूनीकरणका लागि गाउँठाउँमा सुराकी परिचालन गरिएको छ ।  सामाजमा व्याप्त बालविवाहजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा यसको न्यूनीकरणका लागि सुराकी परिचालन गरिएको हो । सुराकी गर्नेहरुलाई केही रकम उपलब्ध गराइने बताइएको छ ।

“बालविवाह हुने वडाका स्थानीय व्यक्तिलाई केही रकम भुक्तानी गरी प्राप्त हुने सूचनाले बालविवाह न्यूनीकरणमा ठूलो सहयोग पुग्नेछ”, प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको दीर्घकालीन पुनःस्थापना गृह व्यवस्था समिति र साझा सवालका लागि साझा मञ्च (कोकन)द्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा, बालसंरक्षण र पुनःस्थापनामा सरोकारवालाको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सरोकारवालाले भने,    “बालविवाह न्यूनीकरणका लागि विवाहपूर्व अभिभावकलाई र महिला हिंसा अन्त्यका लागि पीडितलाई होइन, पीडकलाई सचेतना जगाउनु पर्दछ ।”


    सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालविवाहका कारण बालबालिकाको मानव अधिकार हननमात्र भइरहेको छैन । यसले मुलुकको समग्र पक्षलाई असर गरेको छ, त्यसैले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्