
पूर्व कानुन मन्त्री तथा सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले कानुन संशोधन गर्न ल्याएको अध्यादेश संविधानको मूल्य, मान्यता र मर्म विपरित नगएको विचार व्यक्त गरेका छन् ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले संवैधानिक आयोगहरूमा लामो समयदेखि पदपूर्ति खाली भएको तथा अनियमितता र भ्रष्टाचारले मौका पाउने हुँदा तत्काल नियुक्तिका लागि प्रधानमन्त्रीले अध्यादेश ल्याउनु परेको तामाङले बताए । उनले प्रश्न गरे,‘अख्तियारमा नियुक्ति गर्न रोक्ने अनि भ्रष्टाचार भयो भन्ने ?’
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले प्रधानमन्त्रीले अध्यादेशमार्फत संविधानको मूल्य, मान्यता र मर्म मागि प्रहार गरेको आरोप लगाए ।