११ साउन २०८३, सोमबार

चीनमा वकिल छोरोलाई यातना दिइएको भन्दै आमाबुवाले गरे विरोध (भिडियो)

पुस २, २०७७
चीनमा वकिल छोरोलाई यातना दिइएको भन्दै आमाबुवाले गरे विरोध (भिडियो)

चीनमा मानवअधिकारको मुद्दा लड्ने एक वकिललाई प्रहरीले पक्राउ गरी यातना दिएको भन्दै उनका आमाबुवाले विरोध गरेका छन् ।

चाङ वेपिङ नामक ३६ वर्षीय ती वकिलका आमाबुवाले बाओजी शहरमा रहेको एक प्रहरी चौकीबाहिर ‘यातनाको विरोध गरौं, मेरो छोरालाई जोगाऊ’ भन्ने नारा सहितको प्लेकार्ड राखेर प्रदर्शन गरेका थिए । 
 

चाङले देशमा विभेदको सामना गर्ने मानिसहरूको अधिकार रक्षा गर्ने गरेका थिए । उनले आफूलाई यातना दिइएको भनी यूट्युबमा पोस्ट गरेपछि प्रहरी अधिकारीहरूले अक्टोब २२ मा पक्राउ गरेका थिए । 

वीबो नामक सामाजिक सञ्जालमा वेपिङका पिताले अपील प्रकाशन गर्दै सोधपुछका क्रममा पाँचजना प्रहरी अधिकारीले आफ्नो छोरालाई यातना दिएको र त्यसको छानबिन हुनुपर्ने बताएका थिए । 

पिता चाङ श्वानमिङले अधिकारीहरूलाई छोरासँग बस्न अनुमति दिन भनेका छन् । अहिले वकिल चाङलाई अन्र्त गरेर घरमा नजरबन्दमा राखिएको छ । उनीविरुद्ध राज्य विप्लवको प्रयास गरेको आरोप छ । 

यसरी अन्तै लगेर घरमा नजरबन्दी बनाउने काम ६ महिनासम्म गर्ने गरिन्छ । त्यसक्रममा बन्दीलाई वकिल र नातेदार भेट्न दिइँदैन र यातना तथा जोरजबर्जस्ती गर्ने गरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्