
चीनले चन्द्रमामा पठाएको चाङई अन्तरिक्षयानले बिहीवार चट्टान र माटो पृथ्वीमा ल्याएको छ ।
सन् १९७६ मा सोभियत रुसको लुना २४ प्रोजेक्टले चन्द्रमाबाट नमूनाहरू ल्याएपछि पहिलोपटक चट्टान र माटो ल्याइएको हो ।
स्थानीय समयअनुसार राति डेढ बजे उक्त क्याप्सुल अन्तरिक्षयान पृथ्वीतिर आउँदा पुच्छ्रेतारा जस्तो देखिएको थियो ।
शिजिवाईमा अवतरण गरेको यानमा थप अनुसन्धान गर्नका लागि अनुसन्धाताहरूलाई पठाइएको थियो । उनीहरूले सीलबनदी गरेर नमूनाहरूलाई बेइजिङ पुर्याउनेछन् ।
यो मिसन सफल भएसँगै चन्द्रमाबाट स्याम्पल ल्याउने ची तेस्रो मुलुक बनेको छ ।
यसअघि अमेरिका र सोभियत रुसले ल्याएका चट्टानहरूभन्दा अहिलेका चट्टान अर्बौं वर्षपछिका हुन् । यसले चन्द्रमा तथा सौर्य प्रणालीका अन्य ग्रहको इतिहासमा नयाँ अन्तर्दृष्टि दिलाउनेछ ।
अन्तरिक्षयान पृथ्वीमा आइपुगेपछि त्यसमा चीनको झण्डा राखिएको थियो ।