१० साउन २०८३, आइतबार

हंगेरीले संविधानमै लेख्यो– आमा महिला हुन्, पिता पुरुष हुन्

पुस २, २०७७
हंगेरीले संविधानमै लेख्यो– आमा महिला हुन्, पिता पुरुष हुन्

हंगेरीले आफ्नो संविधानमा आमा महिला हुन्, पिता पुरुष हुन् भनी स्पष्टसँग लेखेको छ । समलिंगी जोडीलाई धर्मपुत्र तथा धर्मपुत्री राख्न नदिनका लागि उसले यस्तो कदम उठाएको हो । 

देशका सांसदहरूले बुधवार तेस्रोलिंगी समुदायलाई लक्षित गरी नयाँ प्रावधान ल्याएको हो । 

प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पश्चिममा विकसित भइरहेको नयाँ विचारधारात्मक प्रक्रियाका कारण बालबालिकालाई विचार वा जैविक हस्तक्षेपबाट जोगाउन संविधानमा संशोधन गरिएको बताएको छ । 

बालबालिका जन्मेको बेलामा जुन लिंगका हुन्छन् त्यसैबाट परिभाषित गरिनुपर्ने र तिनलाई हंगेरीको क्रिस्चिय संस्कृतिमा हुर्काउने सुनिश्चित गर्नुपर्ने भनी संशोधनले स्पष्ट पारेको छ । 

राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बानका बफादार सांसदहरूले समलिंगी जोडीलाई सन्तान ग्रहण गर्न प्रतिबन्ध लगाउनका लागि बहुमत दिएका छन् । 
 

समलिंगीहरूको विरोध गर्ने हंगेरीका तर्फबाट युरोपेली सांसद जोसेफ जाजेरलाई बेल्जियममा अवैध समलिंगी यौन पार्टीमा भाग लिएको बेलामा प्रहरीले छापा मार्दा झ्यालबाट नांगै भागिरहेको अवस्थामा फेला परेपछि संविधानमा संशोधन गरिएको हो । जाजेरले उक्त घटनापछि राजनीमा दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्