
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहीवार साँझ साढे ५ बजेका लागि परिषद् बैठक बोलाएका छन् ।
‘जुन कारणले मंगलवारको बैठकमा सहभागी हुनुभएन, अध्यादेश फिर्ता नभई सभापतिज्यू संवैधानिक परिषद्को बैठकमा सहभागी हुनुहुन्न,’ देउवानिकट स्रोतले भयो ।
प्रवक्ता विश्वप्रकाश शर्माले पनि अध्यादेश फिर्ता नभई सभापति देउवा परिषद् बैठकमा सहभागी नहुने लोकान्तरलाई बताए ।
बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले अध्यादेश फिर्ता गर्न माग गरेको थियो ।
अध्यादेशकै विषयमा छलफल गर्न शुक्रवार कांग्रेसले संसदीय दलको कार्यसमिति बैठक बोलाएको छ ।