०२ असार २०८३, मंगलबार

थप ७७६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १० हजारभन्दा कम

थप ७७६ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १० हजारभन्दा कम

पछिल्लो २४ घण्टामा देशभर थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म संक्रमित हुने कूल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ४० हजार ३६३ जना निको भएर डिस्चार्ज भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९४७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कम रहेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै कूल मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्