०५ साउन २०८३, मंगलबार

मन्त्रिपरिषद् बैठक : अध्यादेश फिर्ताबारे छलफलै भएन

मन्त्रिपरिषद् बैठक : अध्यादेश फिर्ताबारे छलफलै भएन

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे कुनै छलफल नभएको एक मन्त्रीले बताए । उनका अनुसार दैनिक कार्यसंचालनसम्बन्धी केही एजेण्डा तय गरिएको भएपनि अध्यादेश फिर्ताबारे भने एजेण्डा नै नराखिएको हो ।

यसअघि पनि मंगलबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई थाहै नदिइकन अध्यादेश ल्याएका थिए । आजको बैठकमा पनि ओलीले पछि निर्णय गरेर अध्यादेश फिर्ताको सिफारिस राष्ट्रपति कहाँ पठाउने हो या केही दिन अल्झाउने हो त्यसबारे खुल्न बाँकी छ ।

यद्यपी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्