२३ असार २०८३, मंगलबार

नक्कली फेसबुकबाट महिलाको चरित्र हत्या, ४ महिना कैद फैसला भएपछि फरार हुने पक्राउ

नक्कली फेसबुकबाट महिलाको चरित्र हत्या, ४ महिना कैद फैसला भएपछि फरार हुने पक्राउ

नक्कली फेसबुक आइडी बनाएर एक महिलाको चरित्र हत्या गर्ने काठमाडौंको हाँडीगाउँका कुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । ०७२ पुस २४ गते नक्कली आईडीबाट प्रधानले ललितपुरको जावलाखेलकी महिलालाई फेसबुकमा जथाभावी लेखेर उनले चरित्र हत्या गरेका थिए ।

सोपछि पीडितको जाहेरीको आधारमा ०७३ असार २० गते काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार जरिवाना र ४ महिना कैदको फैसला गरेपछि फरार भएका थिए ।
उनलाई खोजतलास गर्नेक्रममा बिहीबार हाँडीगाउँबाटै पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्