०२ साउन २०८३, शनिबार

कोरोना भ्याक्सिनबारे किन त्रसित छन् भारतीय

पुस ३, २०७७
कोरोना भ्याक्सिनबारे किन त्रसित छन् भारतीय

विश्वभर कोरोना भ्याक्सिनको चर्चाबीच कैयौं देशमा भ्याक्सिन लगाउन पनि शुरु भइसकेको छ । बेलायत र अमेरिकाले ठूलो स्तरमा कोरोना भ्याक्सिन लगाउने अभियान थालिसकेका छन् । यसै अवस्थामा अहिले कैयौं देशमा कोरोना भ्याक्सिनबारे सर्वेक्षण पनि गरिन थालेको छ । कि भ्याक्सिन लगाउन चाहनुहुन्छ कि नाई भनेर । 

यस्तै एक सर्वेक्षण भारतमा पनि गरिएको छ । 
भारतमा कोरोना भ्याक्सिन 

लाइभ मिन्टको एक रिपोर्टअनुसार दिल्लीस्थित लोकल सर्जिकलको सर्भेमा भारतका मानिस कोरोना भ्याक्सिन लगाउनबाट त्रसित भएको बताइएको छ । यसको मुख्य दुई कारण सतहमा देखिएका छन् । 

पहिलो कारण त सेप्टेम्बरपछि संक्रमितको संख्यामा निरन्तर कमी भइरहेको छ । अर्को कारण भ्याक्सिनको साइड इफेक्टबाट चिन्तित देखिन्छन् । 

१९ हजार मानिसमा गरिएको सर्वेक्षणमा क्रममा मानिसहरु भ्याक्सिन बाट हुने साइड इफेक्टबारे बढी चिन्तित देखिन्छन् । यो रिसोर्ट बिहीबार सार्वजनिक गरिएको हो ।

तथ्यांकअनुसार कैयौं भारतीयमा कोरोना भ्याक्सिन लगाउनमा संकोच रहेको पाइएको छ । करिब ६९ प्रतिशत मानिसले तत्काल भ्याक्सिन लगाउन आवश्यकता नभएको बताएका छन् ।

सर्जिकल्सले भनेको छ, ‘हिचकिचावटको प्रमुख कारणमध्ये भ्याक्सिन लगाएपछि आउनसक्ने साइड इफेक्ट हो । त्यसपछि संक्रमणमा निरन्तर कमी आउनुका कारण कारोनाले कुनै क्षति नगर्ने विश्वास रहेको देखिएको छ ।’

भारतमा मात्रै होइन, अन्य देशमा पनि कोरोना भ्याक्सिनबारे सर्भे भइरहेको छ । अमेरिकाको भर्जिनियाँमा गरिएको अध्ययनमा पनि त्यहाँका ५० प्रतिशत युवाले भ्याक्सिन लगाउन दिइएको अनुमति टाल्नुपर्ने बताएका छन् ।

सर्वेक्षणमा २०० अमेरिकी युवालाई यस्ता प्रश्न साधिएको थियो । जसमा ५९ प्रतिशतले भ्याक्सिन लगाउन तयार रहेको बताएका थिए । १९ प्रतिशतले कुनै सटिक जवाफ दिएका छन् । यस्तै, २२ प्रतिशतले भ्याक्सिन लगाउनबाट सिधै इन्कार गरेका छन् । 

यी सबका बीच पनि भ्याक्सिनले आफ्नो असर देखाइरहेको छ । साथै केही भ्याक्सिनको साइड इफेक्ट देखिन शुरु भइसकेका छ । अमेरिकाको अलास्का शहरका दुई मानिसले जब फाइजर भ्याक्सिन लगाए, त्यसको केही मिनटेमै उनीहरुको स्वास्थ्य अवस्था बिग्रयो । यी दुवै स्वास्थ्यकर्मी थिए । 

ब्रिटेनका मेडिकल रेगुलेटरले भनेका छन्, ‘जो मानिसहरुमा एनाफिलेक्सिसको समस्या छ, कुनै पनि औषधि खानाले खास प्रकारको एलर्जी हुन जान्छ । उनीहरुलाई फाइजर या बायोएनटेकको भ्याक्सिन लिन हुँदैन ।’

salt training

कमेन्ट गर्नुहोस्