०९ साउन २०८३, शनिबार

फेरि बढ्न थाल्यो सुनको मूल्य

फेरि बढ्न थाल्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । 

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्