१२ असार २०८३, शुक्रबार

हलिउडमा धनुषको छलाङ, नेटफ्लिक्सको ‘द ग्रे म्यान’ मा दुई दिग्गजका साथ देखिँदै

हलिउडमा धनुषको छलाङ, नेटफ्लिक्सको ‘द ग्रे म्यान’ मा दुई दिग्गजका साथ देखिँदै

दक्षिण भारतीय फिल्मका उत्कृष्ट अभिनेता धनुषले हलिउडमा छलांङ लगाएका छन् । धनुष नेटफ्लिक्सको ‘द ग्रे म्यान’ मा रायन गोसलिङ र क्रिस इवान्सजस्ता अनुभवी कलाकारका साथ मुख्य भूमिकामा देखिने भएका छन् । 

फिल्मको निर्देशन एन्थनी र जो रुसोले गरिरहेका छन् ।  फिल्म २०००९ मा आएको मार्क ग्रिनीको उपन्यासमा आधारित छ । द ग्रे म्यानको कहानी एक स्वतन्त्र एसेसिन र पूर्व सीआइए अपरेटिभ कोर्ट जेन्ट्रीमा आधारित छ । 

क्रिस इवान्सु लयर हेनसनको रोलमा जेन्ट्रीको पिछा गर्दै गरेको देखिनेछन् । फिल्ममा धुनष नार्कोस फेम कलाकार वाग्नर मोरा, वन्स अपन अ टाइम इन हलिउड फेम बाल कालाकार जुलिया बटर्स र गेम अफ थ्रोन्स फेमकी जेसिका हेनविकको साथ देखिनेछन् । 

धुनषले ट्वीटरमा यस फिल्मलाई लिएर आफ्नो प्रतिक्रिया दिएका छन् । उनले एक नोट शेयर गर्दै भनेका छन्, ‘खुशी छु कि म नेटफ्लिक्सको फिल्म द ग्रे म्यानको समूहमा सहभागी हुँदैछु । जसमा रायन गोसलिङ  र क्रिस इवान्स पनि छन् ।’

उनले अघि भनेका छन्, ‘फिल्मको निर्देशन एभेन्जर्स र क्याप्टेन अमेरिका–वीन्टर सोल्जर फेमका रुसो ब्रोदर्स गर्दैछन् । यो एक्सन पेक्ड फिल्मलाई लिएर धेरै अपेक्षा गरिएको छ । दुनियाँभरका प्रशंसकलाई धेरै धेरै धन्यवाद ।’
 

salt training

कमेन्ट गर्नुहोस्