१२ असार २०८३, शुक्रबार

डिभोर्स भएपछि दिइन् यी महिलाले पार्टी, डढाइन् बिहेको कपडा (भिडियो)

मंसिर ३०, २०७७
डिभोर्स भएपछि दिइन् यी महिलाले पार्टी, डढाइन् बिहेको कपडा (भिडियो)

लामो समयसम्म वैवाहिक बन्धनमा रहेका जोडीको डिभोर्स हुँदा दुवैमा मानसिक तनाव आउनु सामान्य कुरा हो । त्यो तनाव हटाउनका लागि मानिसहरू फरक फरक काम गरिरहेका हुन्छन् । 

तर एक महिलाले पारपाचुकेपछि गरेको काम शायद कसैले गर्ला । ती महिलाले रुनुको साटो साथीहरूसँग मज्जाले पार्टी गरेकी छन् । 

अमेरिकाको टेक्सासमा बस्ने ४३ वर्षीया बर्ली स्यान्ट्लीबेन–स्टिटलेरले डिभोर्सको पार्टी दिइन् र पार्टीमै बिहेको कपडा पनि डढाइदिइन् । 

पार्टीमा बिहेको गाउन डढाउने आइडिया उनका पिताले दिएका थिए । उक्त ड्रेसलाई एक्सप्लोडिङ टार्गेटका साथ डढाउन उनले सल्लाह दिएका थिए । कपडा विस्फोटका साथ जलाउँदा टाढासम्म आवाज सुनिएको थियो । स्टिटलेरले साथी र परिवारबाट यो कपडा दानमा दिन सल्लाह आएको भएपनि कपडामा सम्बन्धको झूट देखिएकाले त्यसलाई डढाएर पार्टी दिने सोच आफूमा आएको बताइन् । उनकी बहिनीले पार्टीका तस्वीर फेसबूकमा हालेपछि
भाइरल भयो । पार्टीको भिडियो पनि बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्