२५ जेठ २०८३, सोमबार

‘कोरोना भ्याक्सिन लगाउनाले मानिस गोही बन्नेछ, महिलाको दारी निस्कनेछ’

पुस ४, २०७७
‘कोरोना भ्याक्सिन लगाउनाले मानिस गोही बन्नेछ, महिलाको दारी निस्कनेछ’

अमेरिकापछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा भएका छन् । 

तर, यहााका राष्ट्रपति जेयर बोल्सोनारो देशका जनतालाई यस महामारीबाट बचाउनुको साटो अनेक हरकत गर्नमा व्यस्त छन् ।

हालै उनले कोरोना भ्याक्सिनबारे अनौठो बयाद दिएका छन् । जसको सबैतिर चर्चा छ । राष्ट्रपति जेयर बोल्सोनारोले फाइजर–बायोएनटेकद्वारा विकसित गरिएको भ्याक्सिनबारे अनौठो बयान दिएका हुन् ।

उनले भनेका छन्, ‘भ्याक्सिन लगाउनाले मानिस गोही बन्न सक्छ या महिलाहरुको दारी बढ्न सक्छ ।’

बोल्सोनारोले पहिले त देशमा कोरोना जस्तै कुनै रोगबारे मान्न अस्वीकार गरेका थिए । उनले यसलाई मात्र एक फ्लुको नाम दिएका थिए ।

तर, यसै साता उनले जोड दिँदै भने, ‘हाम्रो देशका कुनै पनि नागरिकले भ्याक्सिन प्रयोग गर्ने छैनन् ।’

उनले भने, ‘फाइजरको अनुबन्धमा यहाँ धेरै स्पष्ट छ कि हामी कुनै पनि दुस्प्रभावका लागि जिम्मेवार छैनौं । यदि तपाई एक गोहीमा बदलिनुभयो भने, यो तपाइँको समस्या हो ।’

यद्यपि भ्याक्सिन ब्राजिलमा पनि कैयौं सातादेखि परीक्षण चलिरहेको छ । पहिला अमेरिका, बेलायतमा प्रयोग भइरहेको छ ।

उनले औषधि निर्मातालाई उदृत गर्दै भने, ‘यदि तपाइँ गायब हुनुहुन्छ । यदि एक महिलाको दारी बढ्न शुरु भयो भने, एक पुरुष महिलाको आवाजमा बोल्न शुरु गर्छ भने, औषधि निर्माता कम्पनीलाई कुनै लिनुदिनु हुँदैन ।’

बुधबार भ्याक्सिन अभियान शुरु गर्दै बोल्सोनारोले निःशुल्क हुने बताएका छन् । तर, यो अनिवार्य नहुने पनि बताएका छन् ।

यहाँको सुप्रीम कोर्टले बिहीबार भ्याक्सिन अनिवार्य भएको फैसला गरेको थियो । यद्यपि मानिसलाई भ्याक्सिन लिनका लागि बाध्य नपारिने बताइएको छ । 

यसको मतलव अधिकारीहरु केही सार्वजनिक स्थानमा प्रतिबन्ध पनि गर्नसक्नेछन् । तर, उनीहरुलाई लिनका लागि बाध्य नपारिने भएको छ । ब्राजिलमा २ अर्व १३ करोड जनसंख्या छ । यहाँ कोरोनाबाट  देखि ७.१ मिलियन मानिस संक्रमित भएका छन् । करिब १ लाख ८५ हजारको मृत्यु भइसकेको छ । 

बोल्सोनारोले एकपटक भ्याक्सिनलाई नियामक एजेन्सी एनबिसाद्वारा प्रमाणित गरिएका छ । यो त्यस्ता व्यक्तिका लागि मात्रै उपलब्ध हुन्छ जो भ्याक्सिन लगाउन चाहन्छन् ।

‘तर, मलाई भ्याक्सिन चाहिएको छैन । केही मानिसहरु भन्छन् कि म नराम्रो उदाहरण पेश गरिरहेको छु । तर, जो यस्तो भन्छन् म उनीहरुलाई भन्न चाहन्छु मैले पहिले नै भाइरस पक्रिसकेको छु । मसँग एन्टिबडिज छ । यसकारण भ्याक्सिन किन लगाउने ?’

salt training

कमेन्ट गर्नुहोस्