०९ असार २०८३, मंगलबार

कोदालो प्रहार गरी छिमेकी हत्या

कोदालो प्रहार गरी छिमेकी हत्या

कोदालो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा स्याङ्जामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

हरिनास गाउँपालिका–५ आईडाँडा बस्ने ३६ वर्षीय रेशम रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

रानाले सोही ठाउँ बस्ने १४ वर्षीय शेर बहादुर थापालाई कोदालोले टाउकोमा हिर्काउँदा घटनास्थलमै मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्