११ असार २०८३, बिहीबार

श्रीमति हत्या आरोपमा पक्राउ

श्रीमति हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका(३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट प्रहरी घटना स्थलमा पुगेको थियो  । 

प्रहरीले घाइते उद्धार गरी उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्