
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी रविनारायण खनाललाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।
विजयी भएका शाक्यले २९५ मत ल्याए भने खनालले २५० मत ल्याए ।
यसैगरी नतिजाअनुसार उपाध्यक्षमा मुकुन्द प्रसाद पौडेल विजयी हुँदा सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोद कुमार कार्की विजयी भए ।
यसैगरी कार्यसमिति सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलक विक्रम पाण्डे, विकास भट्टराई, राजेन्द्र प्रसाद शाह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी, निर्मला भण्डारी र दीप नारायण शाह विजयी हुँदा महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएकी छिन् ।
एसोसिएसनको ३३ औं कार्यसमितिको निर्वाचन शनिबार नै भएर राति मतपरिणाम आएको हो ।
