
रियालिटी सो ‘डान्सिङ विथ द स्टार नेपाल’को विजेता सुविजु जोडी (विजु पार्की र सुमी मोक्तान) टीम बन्न सफल भएको छ । शनिबार राति भएको ग्राण्ड फिनालेमा सबैभन्दा धेरै भोट ल्याएको आधारमा सो टिमलाई विजेता घोषणा गरियो । विजेता भएका उनको टीमले ट्रफी सहित २० लाख नगद पुरस्कार प्राप्त जितेको छ ।
यसैगरी ‘डान्सिङ विथ द स्टार नेपाल’को सेकेण्ड रनरअप प्रियना आचार्य र सुगम भुजेलको टीम भएको छ भने फस्ट रनरअप बुद्ध लामाको टीम बनेको छ।