३२ असार २०८३, बिहीबार

कस्ता केटासँग सम्बन्ध बनाउन चाहन्छन् महिला ? सर्वेले ग–यो खुलासा

कात्तिक २०, २०७४
कस्ता केटासँग सम्बन्ध बनाउन चाहन्छन् महिला ? सर्वेले ग–यो खुलासा
काठमाडौं – एक युवक र युवती नजिक हुँदै जाँदा दुवैको दिमागमा एउटा कुरा चल्छ ः पहिला कसैसँग यसको सम्बन्ध थियो कि ? पुराना सम्बन्धले कुनै पनि नातामा सीधा असर पार्छन् ।


हालै गरिएको एक सर्वेक्षणका अनुसार एक युवतीले आफ्नो पार्टनरलाई हेरेर उसले पूर्वसाथीहरूसँग राखेको शारीरिक सम्बन्धका बारेमा सोच्छिन् ।

बेलायतमा गरिएको सर्वेक्षण अनुसार आजकलका युवा आफ्नो पार्टनरले एकचोटि सम्बन्ध राखेको वा कुमारी रहेको भन्ने कुरामा विश्वास गर्दैनन् । नटिंघम, ब्रिस्टल र स्वेन्सिया विश्वविद्यालयले गरेको अनुसन्धान एउटा सेक्स रिसर्च जर्नलमा छापिएको छ ।

उक्त अनुसन्धानमा सोधिएको प्रमुख प्रश्न थियो, ‘तपाईं पहिला कतिजनासँग सुतिसकेको केटा वा केटीलाई पार्टनर बनाउन चाहनुहुन्छ ?’ अनुसन्धानले के देखायो भने केटा र केटी दुवै कम्तीमा दुईजनासँग सुतिसकेको मान्छेलाई आफ्नो पार्टनर बनाउन चाहन्छन् । अर्थात्, उनीहरूको तेस्रो पार्टनर बन्ने इच्छा राख्छन् ।

यस अनुसन्धानमा १८८ जनाले भाग लिएका थिए जसमा १०४ जना केटी थिए । अठारदेखि ३५ उमेरका व्यक्तिहरूमाझ यो अनुसन्धान गरिएको थियो ।

अनुसन्धानले के पनि देखायो भने केटाहरू सकेसम्म कुमारी केटीसँग सम्बन्ध बनाउन चाहन्छन् अनि आफ्नी गर्लफ्रेन्ड कमभन्दा कम मान्छेसँग पहिले सुतेकी भए राम्रो मान्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्