
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव असंवैधानिक रहेको प्रतिक्रिया दिएका छन् ।
नेता नेपालले लोकान्तरसँग भने, 'यो बिल्कुल असंवैधानिक कदम हो र लोकतन्त्रमाथिको प्रहार हो ।'
उनले ओलीले चालेको कदमबाट तुरुन्त फिर्ता हुनसमेत चेतावनी दिए । उनले प्रधानमन्त्री ओलीले कलंकको टिका लगाएको भन्दै कडा टिप्पणी गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव बोकेर ओली अहिले राष्ट्रपतिनिवास शितलनिवासमा पुगिसकेका छन् ।