
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरूले छलफल थालेका छन् ।
आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गराएका थिए । उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुगिसकेका छन् ।
प्रचण्डलगायतका नेताहरू भने छुट्टै छलफलमा जुटेको नेकपा स्रोतले जनाएको छ ।
छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरू जुटेका हुन् ।