
नेपालविज्ञ भनी चिनिने भारतीय राजनीतिक विश्लेषक सुखदेव मुनि (एसडी मुनि) ले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको आलोचना गर्दै ट्वीट गरेका छन् ।
उनले ट्वीटमा लेखे, ‘शक्तिमा रहिरहन ओलीले संसद् विघटन गर्ने निर्णय लिँदा नेपालको राजनीति थप विभाजित र ध्रुवीकृत हुने मात्र नभई उनी आफैंको भविष्य र महत्त्वाकांक्षा पनि ध्वस्त हुनेछ । उनले कतै सामन्तवादी शक्तिहरूसँग साझेदारी गर्ने योजना त बनाइरहेका छैनन् ?’
Oil’s decision to dissolve parliament to perpetuate himself in power will not only further fragment and polarise Nepali polity but eventually also destroy his own future and ambitions. Wonder if he is planning to have an alliance with feudal forces?
सामन्तवादी शक्ति भने मुनिले राजावादीहरूलाई संकेत गरेका हुन सक्छन् ।