२४ जेठ २०८३, आइतबार

संसद विघटन गर्न सिफारिस गर्ने निर्णयविरुद्ध एकजुट हुन नारायणकाजीको आह्वान

संसद विघटन गर्न सिफारिस गर्ने निर्णयविरुद्ध एकजुट हुन नारायणकाजीको आह्वान

नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटन सिफारिश गर्ने सरकारको निर्णय विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरू एक हुन आह्वान गरेका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यस निर्णयविरुद्ध जुट्न आह्वान गरेका हुन् । 

उनले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि सिफारिश गर्नु गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको समेत बताएका छन् । उनले यो लागू हुन नसक्ने समेत जनाएका छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्