०५ साउन २०८३, मंगलबार

संसद् विघटनको सिफारिशपछि देउवाको प्रतिक्रिया– 'अधिनायकवादउन्मुख कदमको प्रतिवाद गर्छौं'

संसद् विघटनको सिफारिशपछि देउवाको प्रतिक्रिया– 'अधिनायकवादउन्मुख कदमको प्रतिवाद गर्छौं'
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको सिफारिश गर्ने सरकारको कदम अधिनायकवादउन्मुख भएको बताएका छन् ।

संसद् विघटनको कदमको कांग्रेसले राजनीतिक प्रतिवाद गर्ने देउवाले बताए ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिश गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया लेख्दै देउवाले अधिनायकवादउन्मुख कदमप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गरेका हुन् ।

‘प्रतिनिधिसभा विघटनको सिफारिश असंवैधानिक छ । अधिनायकवादउन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ । संविधानविपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ,’ देउवाले लेखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेश लिने भन्दै संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्