२७ असार २०८३, शनिबार

भारतमा पहिलो चरणमा ३० करोडलाई कोरोना भ्याक्सिन दिइने

भारतमा पहिलो चरणमा ३० करोडलाई कोरोना भ्याक्सिन दिइने

भारतको पुणेस्थित भ्याक्सिन बनाउने कम्पनी सिरम इन्स्टीट्यूट अफ इण्डियाले शनिबार अक्सफोर्ड एस्ट्राजनेका को भ्याक्सिन निर्माणका लागि सम्झौता गरेको छ ।

कम्पनीले भ्याक्सिन वितरणका लागि करिब १३ खर्बभन्दा बढी रुपैयाँ आवश्यक रहेको बताएको छ । 

केन्द्र सरकारले पहिलो चरणमा करिब ३० करोड भारतीयलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

२ करोड फ्रन्टलाइन र आवश्यक श्रमिकका लागि, २७ करोड ज्येष्ठ नागरिक र एक करोड स्वास्थ्यकर्मीलाई लगाइने छ। जसमा अधिकांश ५० वर्षभन्दा माथिका हुनेछन् । 

आपतकालीन उपयोग प्राधिकरणका लागि तीन भ्याक्सिन कम्पनी, सिरम इन्स्टीट्यूट–अक्सफोर्डको कोभिशिल्ड, भारत बायोटेकको कोभ्याक्सिन र फाइजर भ्याक्सिन छनोट गरिएको छ ।

केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले सिरम संस्थानका साथै भारत बायोटेकलाई पनि अनुमतिका लागि तथ्यांक माग गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्