०५ साउन २०८३, मंगलबार

संसद् विघटन गर्ने प्रस्तावको विरोध पोखरामा प्रदर्शन

संसद् विघटन गर्ने प्रस्तावको विरोध पोखरामा प्रदर्शन

संसद् विघटनको प्रस्तावपछि पोखरामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । 

बगर स्थित पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन आवद्ध आक्रोशित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पूत्ला जलाउनुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै उनीहरुले पोखराको मुख्यबजार महेन्द्रपुलमा समेत विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । 

संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने भन्दै विद्यार्थीले चेतावनी दिएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेकोे भन्दै आफूहरु आन्दोलनमा उत्रिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका कावा अध्यक्ष सन्तोष न्यौपानेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्