३० जेठ २०८३, शनिबार

काबुलमा कारबम विस्फोट हुँदा आठको मृत्यु

पुस ५, २०७७
काबुलमा कारबम विस्फोट हुँदा आठको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु भएको छ ।

विस्फोटमा अन्य १५ भन्दा बढी घाइते भएका अफगानी अधिकारीले जानकारी दिएका छन् । ​

आतङ्ककारीहरुले गरेको हमलामा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताएका छन् । 

सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् ।

एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

salt training

कमेन्ट गर्नुहोस्