
भारतबाट प्रकाशित हुने अन्लाइन पत्रिका इन्डियनन्यारेटिभ डट्कमले संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी फुट्न सक्ने भन्ने लाइनमा विश्लेषण गरेको छ ।
अतुल अनेजाको बाइलाइनमा प्रकाशित विश्लेषणमा लेखिएअनुसार, नेकपा फुटेमा चीनलाई ठूलो झट्का लाग्नेछ किनकि उसले कम्युनिस्ट गठबन्धनमा रहेका चिरालाई पुर्ने भरमग्दुर प्रयास गरेको छ ।
कम्युनिस्ट पार्टीलाई एकजुट राखेर चीनले नेपालमा आफ्नो एजेन्डा लागू गर्ने र चीनलाई अवमूल्यन गर्ने प्रयास गरेको थियो ।
अघिल्लो महिना नेपालका लागि चिनियाँ राजदूत होऊ याङ्छीले सत्तारूढ कम्युनिस्ट पार्टीलाई आन्तरिक विस्फोट हुनबाट रोकेकी थिइन् ।