२८ जेठ २०८३, बिहीबार

प्रेम राईसँगै यी ३८ नाम संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिश [सूचीसहित]

प्रेम राईसँगै यी ३८ नाम संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिश [सूचीसहित]
फाइल फोटो

संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिश गरेको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकै दिन साँझ बसेको परिषद् बैठकले अख्तियारसहित रिक्त संवैधानिक पदहरूमा नियुक्तिका लागि सिफारिश गरेको ढिला गरी मात्र खुलासा भएको हो ।

राईसँगै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको नाम पनि सिफारिश भएको छ । चन्द कांग्रेसको कोटामा अख्तियारको आयुक्तमा सिफारिश भएका हुन् ।

यद्यपि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवा भने अनुपस्थित थिए ।

यसबीचमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको निर्णय गरेको छ । 

गत भदौमा नवीन घिमिरेले अवकाश पाएपछि अख्तियार प्रमुखविहीन छ ।

अख्तियारको प्रमुख आयुक्तमा सिफारिश राई गृह मन्त्रालयको सचिवबाट अवकाश पाएका थिए । राईले यसअघि अख्तियारको सचिव भएर काम गरिसकेका छन् ।

प्रतिनिधि सभा विघटन भएका कारण अब सिफारिश भएका व्यक्तिहरूको संसदीय सुनुवाई गर्नुपर्ने छैन ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था छ ।

सभापतिको संसद् पद नै गुमेपछि संसदीय सुनुवाइ विशेष समिति निष्प्रभावी भएको छ । 

दलहरूबीच सहमति नहुँदा संवैधानिक परिषद् लामो समयदेखि अनिर्णित थियो । बहुमत सदस्य उपस्थित भए कोरम पुग्ने र निर्णयका लागि सर्वसम्मति पनि नचाहिने गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको थियो ।

सरकारले बढो चलाखीपूर्वक संवैधानिक आयोगमा नियुक्तिको सिफारिश गरेको छ ।

यी हुन् नियुक्तिका लागि सिफारिश भएका नामहरू :

अख्तियार:
अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जयबहादुर चन्द
किशोरकुमार सिलवाल 

निर्वाचन आयोग:
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

मानवअधिकार आयोग:
अध्यक्ष टोपबहादुर मगर 
मनोज दुवाडी
डा. सूर्य  ढुंगेल 
लिलि बस्नेत थापा
मिहि ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग:
जुद्ध गुरुङ 
अमरराज मिश्र 

महिला आयोग :
अध्यक्ष. कमलाकुमारी पराजुली 
कृष्णकुमारी पौडेल खतिवडा 
विद्याकुमारी सिन्हा

दलित आयोग:
देवराज विक (दाङ) अध्यक्ष 
मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग:
मनप्रसाद खत्री अध्यक्ष  
रामचन्द्र जोशी 
हरिभक्त जोशी 
जितेन्द्र पाश्वान

आदिवासी आयोग:
रामबहादुर थापा उदयपुर अध्यक्ष 
मीन श्रीस मगर गुल्मी
मिनसिंह लामा नुवाकोट 
रिना राना स्याङ्जा 
चरण राई उदयपुर 

मधेसी आयोग:
जिवक्ष साह 
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग :
विकास चौधरी 
वविता चौधरी 
सुबोधसिंह थारु 
भोलाराम चौधरी 

मुस्लिम आयोग:
महमुद्दिम अली
मिर्जाअर्सद बेग

salt training

कमेन्ट गर्नुहोस्