२६ जेठ २०८३, मंगलबार

ओलीविरुद्ध संसद्‍मा अविश्वासको प्रस्ताव– भावी प्रधानमन्त्रीमा प्रचण्डको नाम उल्लेख

ओलीविरुद्ध संसद्‍मा अविश्वासको प्रस्ताव– भावी प्रधानमन्त्रीमा प्रचण्डको नाम उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको खुलेको छ । 

प्रचण्ड नेपाल समूहले आइतवार बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधि सभा विघटन भएपछि मात्र अविश्वासको प्रस्तावको सो पत्र बाहिरिएको छ । 

सभामुख अग्नि सापकोटाले संसद्का महासचिवलाई तोक लगाएको पत्रमा बिहान साढे १० बजे दर्ता भएको भनिएको छ । 

सोही समयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्ने निर्णयसहित राष्ट्रपतिलाई सिफारिश गरेको थियो । 

राष्ट्रपति विद्या भण्डारीले साढे २ बजेको हाराहारीमा संसद् विघटन गरेको विज्ञप्ति शितल निवासले जारी गरेको थियो ।

प्रचण्ड–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावमा ओलीलाई पदमुक्त गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको छ । 

अविश्वास प्रस्तावमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पनि हस्ताक्षर गरेका छन् । 

पहिलो ३ नाम नै प्रचण्ड, खनाल र नेपालको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्