०२ साउन २०८३, शनिबार

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन तयारीमा लाग्न आयोगलाई निर्देशन

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन तयारीमा लाग्न आयोगलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । 

आइतवार अपरान्ह बालुवाटार निवासमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै उनले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै २०७८ बैशाख २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् । 

ओलीले निर्वाचनको तयारीमा जुट्न आयोगलाई निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दियो । 

निर्वाचन आयोगसँगको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी भएका थिए । 

यस्तै निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायत सहभागी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्