२३ असार २०८३, मंगलबार

कांग्रेसको निष्कर्ष : संसद् विघटन मुलुकलाई अराजकतातर्फ लैजाने गम्भीर षड्यन्त्र

कांग्रेसको निष्कर्ष : संसद् विघटन मुलुकलाई अराजकतातर्फ लैजाने गम्भीर षड्यन्त्र
फाइल फोटो

नेपाली कांग्रेसले सरकारले संसद् विघटन गराएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक काम गरेको आरोप लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले संसद् विघटन गर्ने सरकारी कदम घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी कदम भएको पनि निष्कर्ष निकालेको छ ।

साथै कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलसँग समन्वय र सल्लाह गरी लोकातन्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस्, निर्णयहरू :

salt training

कमेन्ट गर्नुहोस्