१० साउन २०८३, आइतबार

उत्तर कोरियाली नेता किमलाई आनन्द दिने कन्याहरूको दस्ता तयार पारिँदै

कात्तिक २०, २०७४
उत्तर कोरियाली नेता किमलाई आनन्द दिने कन्याहरूको दस्ता तयार पारिँदै

काठमाडौं, १९ मंसिर — उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उनलाई आनन्द दिने कन्याको खोजीमा मिस वर्ल्ड प्रतियोगिता जस्तो कार्यक्रम गर्न लागेको छ ।

north-korea-girls

द डेली स्टार नामक पत्रिकाका अनुसार किमको व्यक्तिगत जीवनलाई रमाइलो बनाउने जिम्मेवारी पाएको संगठन तथा निर्देशन विभागले देशका विभिन्न प्रान्तमा गएर राम्रा युवतीहरू खोजिरहेको छ ।
मोरानबोङ भनिने किमको आनन्द टोलीका कन्याहरू सर्वोच्च नेताका लागि नर्तकी र मनोरञ्जकका रूपमा काम गर्छन् ।

ती युवतीहरू कन्या हुन् कि होइनन् भनी नियमित रूपमा जाँच गर्ने गरिन्छ । छानिएपछि भने उनीहरूले सम्भ्रान्तहरूसँग यौन गर्नुपर्ने हुन्छ ।

उत्तर कोरियाका राष्ट्रकवि जाङ जिन सुङले त्यहाँबाट सन् २००४ मा भागेपछि यस्ता घिनलाग्दा प्रतियोगिताका बारेमा द डेली स्टारलाई बताएका थिए ।

यस्ता कन्याहरू तल्लो वर्गका मात्र नभएर उच्च वर्गका पनि हुने उनले बताए । सर्वोच्च नेतासँग रात बिताउन पाउँदा केही कन्याहरू हर्षित हुने गरेको उनको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्