२५ जेठ २०८३, सोमबार

मासु खानेहरूको रोगप्रतिरोधक क्षमतामा ह्रास

पुस ६, २०७७
मासु खानेहरूको रोगप्रतिरोधक क्षमतामा ह्रास

एन्टीबायोटिकले हाम्रो शरीरलाई ब्याक्टेरियाबाट बचाउँछ । यसले औषधिको पनि काम गर्छ । तर यसका केही साइड इफेक्ट्स पनि छन् । 

आवश्यकभन्दा बढी एन्टीबायोटिक उपयोग गरेमा शरीरले यसको प्रतिरोध प्रणाली विकसित गर्छ । अनि त रोग लागेपछि कुनै पनि औषधिले काम गर्दैन । 

अहिले जनावरहरूलाई एन्टीबायोटिक दिन थालिएको छ । भारत, पाकिस्तान, चीन, टर्की, ब्राजिल लगायतका देशमा एन्टीबायोटिक प्रतिरोध जनावरहरूमा बढ्न थालेको देखिन्छ ।

प्रिन्सटन युनिभर्सिटी र दिल्लीमा रहेको सेन्टर फर डिजीज डाइनामिक्स, इकोनोमिक्स यान्ड पोलिसीले मिलेर समीक्षा अध्ययन गरेर साइन्स जर्नलमा प्रकाशित गरेको छ । 

अमेरिकामा भारतीय सुपरबगका कारण एक महिलाको मृत्यु भएको छ । संसारको कुनै पनि एन्टीबायोटिकले यस संक्रमणको उपचार गर्न नसक्ने थाहा हुन आएको छ । सन् २००८ मा भारतीय मूलकी एक स्विडिश महिलामा यो सुपरबग पाइएको थियो । 

चिकित्सकहरूले यसलाई न्यु डेली मेटालो बीटा लेक्टामेस नाम दिएका छन् ।

मासुको भोजन गर्नेहरूलाई एन्टीबायोटिक प्रतिरोधको समस्या बढिरहेको छ । आजकल मानिसको तुलनामा जनावरले तीन गुणा बढी एन्टीबायोटिक सेवन गरिरहेका छन् । 

अध्ययनका प्रमुख लेखक रमनन लक्ष्मीनारायणनले भने, ‘सन् २००० देखि २०१८ सम्म मासु खाइने जनावरमा पाइने एन्टीमाइक्रोबियल कम्पाउन्डमा एन्टीबायोटिक प्रतिरोधको मात्रा ५० प्रतिशतभन्दा बढी पाइयो ।’ जनावरहरूमा बढिरहेको एन्टीबायोटिक प्रतिरोध संक्रमण अन्त्यमा गएर मानिसहरूलाई नोक्सानी पुर्‍याउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्