
पछिल्लो राजनैतिक घटनाक्रमको असर शेयर बजारमा परेको छ ।
सोमवार शेयर बजारमा कारोबारको शुरूवातदेखि नै भारी गिरावट आएको छ ।
११ बजेर ५३ मिनेट जाँदासम्म शेयर बजार परिसूचक नेप्से ३८.४८ अंकले घट्दै १८९७.१५ विन्दुमा झरेको छ । यो गिरावटको क्रम अझै केही समय लम्बिने संकेत देखिएको शेयर बजार विज्ञहरु बताउँछन् ।
आइतवार संसद विघटनका लागि सिफारिुस भएसँगै शेयर बजारमा भारी अंकको गिरावट आएको थियो । आइतवार साँझ संसद विघटन भएको छ । जसको असर लगानीकर्ताहरूमा पनि देखिएको हो ।
आइतवार शेयर बजार परिसूचक नेप्से ९६.८८ अंकले घट्दै १९३५.६३ विन्दुमा झरेको थियो । सोमवार पनि शेयर बजारमा गिरावट आइरहेको छ ।
११ः ५७ मिनेटमा भने नेप्से ९.३४ अंकले घटेको छ ।