३१ जेठ २०८३, आइतबार

कालिकोटमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

पुस ६, २०७७
कालिकोटमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

कालिकोटमा सोमवार भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । 

रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

रास्कोट नगरपालिका–९ मार्तडी जंगलमा घाँस काट्न गएको अवस्थामा भीरबाट लडेर १ जनाको मृत्यु भएको र मृतकको पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्