०५ असार २०८३, शुक्रबार

नयाँ बानेश्वरमा प्रचण्ड–नेपाल पक्षको भेला, नेकपाका बहुमत बढी सांसद सहभागी

नयाँ बानेश्वरमा प्रचण्ड–नेपाल पक्षको भेला, नेकपाका बहुमत बढी सांसद सहभागी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विभाजनको संकेत देखिएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला नयाँ बानेश्वरमा हुँदैछ ।

बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्रै आफूपक्षीय सांसदको भेला गरिसकेपछि संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल पक्षीय सांसदको भेला हुन लागेको हो ।

भेलामा सहभागिता जनाउन हालसम्म नेकपाका बहुमत सांसदहरू उपस्थित भइसकेका प्रचण्ड पक्षीय एक सांसदले लोकान्तरलाई जानकारी दिए ।

प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेकोमा ९० बढी सांसदले उपस्थित भएर हस्ताक्षर गरेका दाबी गरिएको छ । थप केही सांसद आउनेक्रममा रहेका ती सांसदले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले सांसदको भेला बोलाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्