१० असार २०८३, बुधबार

संसद् विघटनको विरोधमा जसपाले सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने

संसद् विघटनको विरोधमा जसपाले सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने

आइतबार भएको संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशैभरका जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । 

जसपाका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । 
 
उनले ८ गते (बुधबार) देशैभरका सदुमकाममा विरोध प्रर्दशन गर्ने निर्णय भएको बताएका छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने असंवैधानिक÷अलोकतान्त्रिक÷प्रतिगमनकारी हर्कत गरेको उनको आरोप छ । 

८ गते विरोध प्रदर्शनको घोषणा गरेको जसपाले भोलि थप संघर्षका कार्यक्रम अगाडि बढाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्